नवलपरासीमा कारको ठक्करबाट शाहीको मृत्यु
२०७६ मंसिर २७ गते

मंसिर २७, काठमाडौँ । पश्चिम नवलपरासीमा काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको कारको ठक्करबाट एक जनाएको मृत्यु भएको छ ।
बिहिबार राती पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरामा बा १३ च ७४८८ नम्बरको उक्त कारको ठक्करबाट उक्त व्यक्तीकाे मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते शाहीको बुटवलस्थित सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
प्रहरीका अनुसार हाल उक्त कार चालकलाई पक्राउ गरि अनुसन्धान भईरहेको छ ।
२०७६ मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित








