१३ औं सागको तेस्रो दिनः नेपालको सुखद सुरुवात, बिहानै ४ स्वर्ण !
२०७६ मंसिर १७ गते

मंसिर १७, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा तेस्रो दिन (मंगलबार) बिहानसम्म नेपालले ४ स्वर्ण जितेको छ ।
५० वटा स्वर्णको अपेक्षा गरेको नेपालले सागको तेस्रो दिनको सुरुवातमै ४ स्वर्ण हाँसिल गर्यो । दोस्रो दिन सोमबारसम्म नेपालले १५ स्वर्ण पुयाएको थियो ।
मंगलबार बिहान सम्पन्न खेलमा कराँतेको कुमुतेमा नवीन रसाइली, दुवाथालनमा हिमाल टमटा, विजय सिंजाली र सुस्मिता तामाङले थप ४ स्वर्ण दिलाएका हुन् ।

याेसँगै नेपालकाे १९ स्वर्ण पुगेकाे छ ।
२०७६ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित








