‘जलपरी’ गौरिका सिंहले ५९ लाख पाउने

मंसिर २६, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगीता (साग) मा ४ स्वर्ण जित्दै किर्तिमान बनाउने पौडी खेलाडी गौरिका सिंहले ५९ लाख पाउने भएकी छिन् ।   

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालले गौरिकाले ५९ लाख पाउने पाउने जानकारी दिएका हुन् ।  

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण पदक पाउने खेलाडीलाई ९ लाख, रजत पदक प्राप्त खेलाडीलाई ६ लाख र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई ३ लाख दिने घोषणा गरेका थिए ।   

गौरिकाले चार स्वर्णको ११ लाखका दरले ४४ लाख पाउनेछिन् भने दुई रजतको ६ लाखका दरले १२ लाख र तीन कांस्य टिम इभेन्टमा जितेकाले जम्मा तीन लाख गरी कुल ५९ लाख रुपैयाँ पाउने भएकी हुन् । 

सरकारले पदक विजेता खेलाडीहरुलाई विशेष पुरस्कार घोषणा गरेपछि यसबारे अन्यौल भइरहँदा सिलवाल उक्त भनाइ बाहिर आएपछि पुरस्कारबारे थप प्रष्ट भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *