आजबाट भरतपुर विमानस्थल सञ्चालनमा

मंसिर २५, चितवन । मंसिर १५ गतेदेखि बन्द भरतपुर विमानस्थल बुधबारबाट सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो । 

धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिए ।   

भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँच÷पाँच वटा जहाजले काठमाडौँ र एक÷एक वटा जहाजले पोखरा उडान भर्दै आएका छन् । 

null

भ्रमण वर्षलाई लक्षित गदैं  धावनमार्ग मर्मत तथा आकर्षक बनाइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *