सीमा विवादः विवादित नयाँ नक्साविरुद्ध नेपालले पठाएको कूटनीतिक नोटमा भारत मौन, किन ?

२०७६ मंसिर १९ गते

मंसिर १९, काठमाडौं । नेपालले कूटनीतिक नोट पठाएको तीन साता बितिसक्दाँ पनि भारतले अहिलेसम्म कुनै जवाफ दिएको छैन ।
भारतले कालापानी, लिपुलेकलगायत भूभागलाई समेटेर जारी गरेको नयाँ राजनीतिक नक्साविरुद्ध नेपालले तीन साता अघि पठाएको ‘कूटनीतिक नोट’को भारतबाट कुनै जवाफ नआएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुष्टि गरेका छन् । बुधबार सीमा बचाऔं अभियानका प्रतिनिधिहरुसँग भएको भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले पुष्टि गरेका हुन् ।
भारतले नयाँ नक्सा जारी गरे लगतै विरोध गरेको नेपालले मंसिर पहिलो साता कूटनीतिक नोट पठाएको थियो । परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘नेपालले पठाएको कूटनीतिक नोटको रेस्पोन्स अपेक्षित छ तर, यति नै समयमा आउनुपर्छ भन्ने चाहिँ होइन ।’
null

२०७६ मंसिर १९ गते
प्रतिक्रिया