प्रत्येक स्वर्ण पदक विजेता खेलाडीले नौ लाख रुपैंया पाउने प्रधानमन्त्रीको घोषणा

२०७६ मंसिर २५ गते

मंसिर २५, काठमाडौ । १३ औं दक्षिण एशियाली (साग)मा स्वर्ण पदक जित्ने खेलाडीले ९ लाख रुपैंया प्रतिव्यक्ति पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बुधबार खेलाडीहरुलाई सम्मान गर्दै उक्त घोषणा गरेका हुन् ।
त्यस्तै रजत पदक विजेता खेलाडीलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख रुपैया दिने पनि प्रधानमन्त्रीले घोषणा गरे । कार्यक्रममा प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११ लाखका दरले पुरस्कार दिने जानकारी दिएका छन् ।

२०७६ मंसिर २५ गते
प्रतिक्रिया
सम्बन्धित