१३ औं साग अपडेटः आज सागको छैटौं दिन १९ खेल हुँदै

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज शुक्रबार विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ ।आज काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १९ खेलमा प्रतिस्पर्धा हुदैछ ।  

सागमा बिहिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा भएकाे थियाे । 

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा भएकाे छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा भए ।  

null

भारतले १२४ पदक जित्दैँ आफ्नो अग्रता कायमै राखेको छ । १०१ पदकसहित नेपालले भारतलाई पछ्याईरहेको छ । नेपालले ३६ स्वर्ण, ३८ रजत र २७ कांस्य जितेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + fifteen =