अब छाेरीलाई पनि भत्ता

पुस ४, हुम्ला । हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै गएको छ ।   

जिल्लाको सिमकोट गाउँपालिका–१ दोजाम, वडा तीन लिमाटाङ, बरगाउँ, तोर्पा, हुटिक, गुम्पोत, लाङ्दु, वडा नं ४ को बुराउसे  र उत्तरी नाम्खा गाउँपालिकामा पूरै लामा समुदाय बसोबास गर्दछन् ।   

ती समुदायका युवायुवतीले पढाइमा भन्दा व्यापार व्यवसायमा बढी चासो दिने भएकाले वीचमा नै  पढाइ छाड्ने क्रम बढेको हो ।  लामा समुदायमा पढाइको महत्व कमै देखिने गरेको छ । पाँचदेखि सात, आठ कक्षासम्म पढाइ गर्ने त्यसपछि सानै उमेरमा विवाह गर्नेको सङ्ख्या बढी रहेको छ । ‘पढेर के हुन्छ सम्पति कमाउनु पर्छ, धनी हुनुपर्छ’ भन्ने पुरानो सोचाइले पनि अध्ययनमा चासो नदिएको बताइन्छ । 

Image result for भत्ता

सिमकोट गाउँपालिका–३ का च्याबुटी लामाले विवाह भन्ने के हो भनेर थाहा नपाउँदै १३ वर्षमा मागी विवाह गरेको बताए । उनले भने “ एक छोरा, एक छोरी रहेको छन् ।  सानै उमेरमा आमा बन्नुपरेकाले आफ्नो बालपन कसरी बित्यो थाहा छैन ।” लामा समुदायमा मागी विवाह गर्ने चलन  कायम रहेको छ ।   

‘छोरी मान्छेलाई पढ्न पठायो भने आफ्नो जात छोडछन् ,समाजमा नराम्रो हुन्छ’ भन्ने पुरानो सोचले आफूहरु पढ्नबाट वञ्चित भएको लामाले गुनासो गरे ।  आफ्नो रीतिरिवाजलाई बचाउन र संस्कार छोड्न नसक्दा लामा समुदायमा बढी बालविवाह हुने  गरेको बताइएको छ ।   

महिला कल्याण सेवाका कार्यकारी निर्देशक लक्ष्मी लामा “ लामा समुदायमा शिक्षाको धेरै आवश्यकता रहेको छ । शिक्षा विना महिला हिंसा, बालविवाह, बहुविवाह, लैङ्गिक हिंसा कम हुन सक्दैन । ”   

लामा समुदायका महिलाको शिक्षामा पहुँच बढाउनका लागि दाइजो र काम सिकाउने होइन शिक्षामा जोड दिनुपर्ने उनले सुझाव दिन्छन् । सिमकोट गाउँपालिका उपाध्यक्ष वली रावतले बालविवाह अन्त्यका लागि छोरीलाई मासिक रु ५०० भत्ता दिने कार्य प्रभावकारी हुने बताए । हुम्लासहित कर्णालीका दशवटै जिल्लामा बालविवाह न्यूनीकरण गर्नका लागि प्रदेश सरकारले मासिक रु ५००  प्रदान गर्ने निर्णय गरेको छ ।  रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *