गोकर्ण रिसोर्ट प्रकरणः सार्वजनिक लेखा समितिले थाल्यो छानविन
२०७६ पुस ७ गते

काठमाडौं । गोकर्ण फोरेष्ट रिसोर्ट प्रकरणमा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।
सार्वजनिक लेखा समितिले ६ वर्ष समय बाँकी रहँदै २५ वर्ष लिज अवधि थप गरिएको भन्दै यससम्बन्धी कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले गोकर्ण फरेष्ट र दरबारमार्गको लिज सम्झौताको कागजात सात दिनभित्र उपलब्ध गराउन नेपाल ट्रष्टको कार्यालयलाई निर्देशन दिएको छ ।
null
केही समय अघिको मन्त्रिपरिषद बैठकले गोकर्ण फरेष्ट रिसोर्टको समय २५ वर्ष थप्ने निर्णय गरेको थियो। निर्णय थपसँगै विरोध सुरु भएपछि सार्वजनिक लेखा समितिले कागजपत्र माग्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले यति होल्डिङसलाई नै ६ वर्षको समय अवधि बाँकी रहेको अवधिमा २५ वर्षको समय थप गर्ने निर्णय गरेको थियो ।
२०७६ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित








