मोडल अनामिका कार्कीको मोडलिङ मोह

मंसिर १९, काठमाडौं । कुनै पनि क्षेत्रमा मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन प्राय असम्भव छ । सिनेनगरीमा नाम र दाम कमाउने चाहना सबैको हुन्छ ।
नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार आफ्नो क्षमता प्रदर्शन गर्दै अघि बढेकी छिन् अनामिका । मोडल अनामिका कार्की नेपाली सिने क्षेत्रमा प्रवेश गर्दै गरेकी नव मोडल हुन् ।
राजधानी काठमाडौँ शहर, सपनाको शहर जहाँ दैनिक हजारौँ मानिस आफ्नो सपना साकार पार्न मिहेनत र परिश्रम गरेर अगाडी बढ्छन्, त्यसै सपनासँग जोडिएको युवा पुस्ताको रोजाइँ सिने संसार अर्थात् मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्वाधिक रोजाइँमा परेको क्षेत्र हो ।

युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात् सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ ।
त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भविष्य बनाउने योजनाको साथ अगाडी बढ्दै गरेकी नव मोडल हुन अनामिका जो अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन् ।
सुदुरपश्चिम कञ्चनपुरमा जन्मथलो भएर बिगत २ बर्षदेखि काठमाडौँलाई कर्मथलो बनाउँदै सिनेनगरीमा संघर्ष गर्दै आएकी मोडल अनमिकाले करिब आधा दर्जन म्युजिक भिडियोमा अभिनय गर्नुका साथै विभिन्न स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति समेत दिएर आफ्नो नृत्य तथा अभिनय क्षमता प्रदर्शन गरिसकेकी छिन् ।
अभिनय तथा नृत्यमा पोख्त मोडल अनामिका सुन्दर मुहार र आकर्षक शरीरको धनी त छिन् नै साथै मिहेनती पनि उत्तिकै छिन् । उनी मिहेनतका साथ अभिनय र कलालाई अझै निखारता ल्याउँदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन् ।
मोडल अनामिका भन्छिन्– ‘यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा म अभिनय गर्न तयार छु ।’
सानै उमेरदेखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने अनामिका अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिषरत छिन् ।
‘अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु’, उनि भन्छिन्, ‘मानव जीवन भनेको संघर्ष हो । मिहेनत र परिश्रम गर्दै जानुपर्छ एक दिन अवश्य सफताको शिखर चढ्न सकिन्छ ।’
वास्तवमा जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नु नै जीवन हो । एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वास छ उनीमा । सायद सफल पनि हुनेछिन् भविष्यमा ।








