हलेसीबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो दुर्घटना, एकको मृत्यु

मंसिर २८, सिन्धुली । सिन्धुलीमा गएराती भएको सुमो दुर्घटनामा एक जनाको ज्यान गएको छ । 

हलेसीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६९८५ नम्बरको सुमो गोलन्जोर गाउपालिका ६ देउरालीटार नजिकै मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । मृत्यु हुनेमा सुमो चालक शिवबहादुर कार्की रहेकाे छ ।   

दुर्घटनामा पर्दा उनलाई उपचारका लागि शुभ जीवन अस्पताल खुर्कोट लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *