गौतमबुद्ध रङ्गशाला निर्माणमा प्रहरीको श्रमदान

पुस १३, भरतपुर । चितवन प्रहरीले निर्माधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा श्रमदान शुरु गरेको छ ।   

शनिबार बिहानको समयमा २०० जना प्रहरीले रङ्गशाला निर्माणमा श्रमदान गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । श्रमदान गर्न जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लको नेतृत्वमा त्यहाँ टोली पुगेको थियो । प्रहरी टोलीले मुख्य कालोपत्रको ‘स्वेलिङ’का लागि ढुङ्गा भर्ने काम गरिरहेको छ । 

रङ्गशालामा बन्ने सबैभन्दा ठूलो रङ्गशाला र कालोपत्र रहने ठाउँको काम भइरहेको छ । कमलको फूलको आकृतिमा बन्ने रङ्गशालाको ‘स्वेलिङ’को काम सकिएर डिपिसीको काम भइरहेको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए । 

Image result for गौतमबुद्ध रङ्गशाला

कट्टेलका अनुसार निर्माणमा खर्चको अधारमा रकम सङ्कलन गर्न सकिएको छैन । रङ्गशाला निर्माणका लागि सहयोग आउने क्रम जारी रहे पनि अपर्याप्त भएको उनको भनाइ छ । रङ्गशालाको काम युद्धस्तरमा बढेको छ । दैनिक रु १० लाख खर्च लाग्ने गरी काम अघि बढाइएको छ । 

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणमा केही ढिलाइ भएको भए पनि अहिले रङ्गशालको काम तीव्ररूपमा अघि बढिरहेको छ । निर्माणकार्यले गति लिएपछि रङ्गशाला अवलोकन गर्नुका साथै आर्थिक सहयोग आउने क्रम बढेको अभियानकर्मी अर्जुन भुषालले बताए । रङ्गशालालाई श्रमदान, आर्थिक सहयोग, निर्माण सामग्री उपलब्ध गराएर सहयोग गर्न सकिने फाउण्डेशनले व्यवस्था मिलाएको छ ।-रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *