भोलिदेखि महानगरभित्रका होर्डिङबोर्ड हटाउने काम धमाधम !

पुस १०, काठमाडौं । उपत्यका लगायत देशभरका शहरमा राखिएको होर्डिङ बोर्ड सरकारले भोलि (शुक्रबार) बाट धमाधम हटाउने भएको छ ।   

बिहीबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापासहित सरोकारवाला निकायहरुको बैठकले सो निर्णय गरेको हो ।   

योसँगै काठामाडौं महानगरपालिकाभित्र राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामाग्री हटाइने छ । उपत्यकाबाहेकका अन्य स्थानिय तहमा भने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् कारवाही अघि बढाउने निर्णय भएको छ । 

Image result for होर्डिङ बोर्ड

अव्यवस्थित रुपमा राखिएका टेलिफोन, केबल तथा ईन्टरनेटका तारहरु हटाउन पनि सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए सरकार हटाउने जानकारी दिइएको छ ।   

बैठकमा गृहमन्त्री थापाले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई मध्यनजर गर्दै नगरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता सामाग्रीहरु हटाउन लागेको बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + thirteen =