वडा अध्यक्ष लामाको लोकप्रिय काम, विपन्नलाई सिरक डसना

पुष १५ चितवन ।  चितवनको राप्ती नगरपालिका वडा नम्वर ४ विपन्नको साहारा वन्दै गएको छ । वडा कार्यालयले एक पछि अर्को लोकप्रिय काम गर्दै गईरहेको छ ।   

आर्थिक अवस्था कमजोर भएकालाई निशुल्क बीमा गरिदिएको राप्ती ४ ले मंगलवार विपन्न समुदायका १० परिवारलाई जाडोबाट वच्न सिरक डसना प्रदान गरेको छ । वडा भित्र स्थलगत अनुगमन पछि अति दयनिय अवस्थामा भेटिएका ति घरपरिवारलाई जाडोबाट वच्न सिरक, डसना,तकिया, व्ल्याङ्केट वितरण गरिएको राप्ती ४ का वडाध्यक्ष शमसेर लामाले जानकारी दिए ।   

जाडोका बेला वृद्धवृद्धाहरु र बालबालिकाहरु विना कपडा सुतेको पाईएको उनले वताए । वडाध्यक्ष लामाका अनुसार राम बहादुर सुनार, गोगन माया श्रेष्ठ, गोकर्ण परियार, पिपला दमाई, राम बहादुर परियार, गोपीलाल कामी, अमृता सिलवाल, पुतली रुम्बा, अरुण घिमिरे र धनकुमारी तमाङको परिवारलाई सिरक, डसना, तन्ना, सिरानी लगायत सामाग्री सहयोग गरिएको हो ।   

न्यानो कपडा वितरणका लागि वडाध्यक्ष लामा उनीहरुको घरघरमै पुगेका थिए । वडा कार्यालयले यसअघि पनि वडाका विपन्न समुदाय, विभिन्न क्लब तथा टोल बिकास संस्थाहरुलाई विभिन्न सहयोग गर्दै आएका छन । त्यस्तै विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा, विपन्न लक्षित शीप मुलक तालिम, विद्यालयमा खाजा कार्यक्रम पनि सञ्चालन गरिएको रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *