भारतीय सुरक्षा फौज फिर्ता गरी लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन

मंसिर २७, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल–भारत सीमा विवाद समाधान गर्न सरकारलाई ५ बुँदे निर्देशन दिएको छ ।   

शुक्रबार सिंहदरबारमा बसेको बैठकले समितिको बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको हो ।   

गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसमेतको उपस्थितिमा भएको छलफलमा समितिले नेपाली भूमिको रक्षा तथा कालापानी क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुलाई सहज आवत–जावत गर्न बाटो र अन्य सुविधा उपलब्ध गराउन समेत भनेको छ ।   

साथै भारतबाट अतिक्रमित भूमिमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्या समाधान गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । 

छलफलमा क्रममा मन्त्री अर्यालले नेपालको नक्सामा लिपुलेक, कालापानी समावेश भएको तर लिम्पियाधुरा क्षेत्र नभएको बताइन् ।   

समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्न समेत सरकारलाई निर्देशन दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *