श्रीदेवीसँग काम गर्न नपाउँदा खुशी हुनुको राज खाेले कारणले

पुस ९, भारत ।  बलिउड फिल्म निर्माता करण जोहरले आफू बलिउड नायिका श्रीदेवीको निकै ठूलो प्रशंसक र उनको फिल्म असाध्यै मनपर्ने बताइसकेका छन् । करणले हालै श्रीदेवीमा आधारित एउटा किताब पनि सार्वजनिक गरेका छन् । एक कार्यक्रममा श्रीदेवीबारे बोल्दै करण जोहरले भने, ‘मलाई खुसी छ कि मैले कहिले पनि श्रीदेवीलाई निर्देशन गरिनँ ।’ 

उनले थपे, ‘मलाई लाग्दैन कि म श्रीदेवीका लागि राम्रो निर्देशक बन्न सक्छु किनभने म उनको निकै ठूलो प्रशंसक हुँ । कतै न कतै एक फिल्म निर्मातालाई आफ्नो काम बारे ठूलो उद्देश्य राख्नुपर्छ । यदि तपाईं कसैको प्रशंसक हुनुहुन्छ भने तपाईं निष्पक्ष हुन सक्नुहुन्नँ । मलाई लाग्छ कि मैले निष्पक्षता गुमाएको छु  । त्यसकारण मलाई खुसी छ कि मैले कहिले पनि श्रीदेवीलाई निर्देशन गरिनँ र यदि यस्तो गरेको भए म फेल हुन्थे र श्रीदेवी असफलता डिजर्भ गर्दिनन् ।’ 

करण जोहरका लागि के थिइन् श्रीदेवी ? 

Image result for shreedevi with karan johar

करण जोहरले बलिउडकी दिवंगत सुपरस्टार श्रीदेवीको वर्णन दुनियाँकी उत्कृष्ट मिमिको रुपमा गरेका छन् । करणले भने, ‘श्रीदेवी एक यस्ती अभिनेत्री थिइन् जसले कुनै पनि कुराको अवलोकन निकै गहिरो तरिकाले गर्थिन् । उनीसँग अरुको शारीरिक हाउभाउको अवलोकन निकै गहिराइमा गर्ने क्षमता थियो । उनी संसारको सर्वश्रेष्ठ मिमिक थिइन् । उनी कुनै पनि कुराको नक्कल उतार्न सक्थिन् ।’ 

करणले थपे, ‘उनी ८० र ९० दशककी एक यस्ती अभिनेत्री थिइन् जसले हेरेर बुझेर नै आफ्नो कामलाई उत्कृष्ट तरिकाले पूरा गरिन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *