समृद्ध नेपाल बनाउने क्या गजब काइदा : डा. भट्टराई
२०७६ पुस १३ गते

पुष १३, काठमाडौं । समाजवादी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले अब पुरै देश ‘यती’लाई जिम्मा दिए हुने बताएका छन् ।
गोकर्ण रिसोर्ट प्रकरणबारे सामाजिक सञ्जालमा व्यङ्ग्या गर्दै उनले लेखेका छन् ‘यती’ को खेजिमा वैज्ञानिकहरु आजित भएका बेला हाम्रा प्रम र आसेपासेहरुले उसलाई हुर्काएर यस्तो जब्बर जन्तु बनाइसकेछन् ! ‘नेपाल ट्रस्टका पदाधिकारीहरूले ‘यती’ नहुने हो भने गोकर्ण फरेष्ट गौचरन बन्ने ठोकुवा गरेछन् ! उसो भए पुरै देश यतीको जिम्मा लगाए भैगो, समृद्ध नेपाल बनाउने क्या गजब काइदा’ ।
२०७६ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित








