सौराहामा आजदेखि हात्ती महोत्सव सुरु हुँदै, प्रचण्डले उद्घाटन गर्ने

पुष १० गते । मुलुकको तेश्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा आज बुधवारदेखी १६ औं चितवन हात्ती महोत्सव सुरु हुदैछ ।   

क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा हुने बाघमारा चौरमा हुने महोत्सवको पूर्व प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ ।   

उद्घाटन अघि चितवन निकुञ्ज प्रवेशद्धारबाट निस्कने विभिन्न जातजाति, संघसंस्थाको झाँकी वजार परिक्रम गरि महोत्सव स्थलसम्म पुग्नेछ । प्रदेश नम्वर ३ सरकारले समेत चितवन हात्ती महोत्सवलाई संरक्षकत्व प्रदान गरिसकेकाले यस वर्षको महोत्सवलाई विषेश हुने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए ।   

प्रदेश सरकारले सौराहाबाटै भ्रमण वर्षको शुभारम्भ समेत महोत्वकै अवसरमा गर्ने उनले वताए । महोत्सव समापनका दिन पुष १८ गते प्रदेश सरकारकै आयोजनामा भ्रमण वर्षको शुभारम्भ कार्यक्रम हुनेछ । भ्रमण वर्षकै शुभारम्भका लागि यस वर्ष हात्ती महोत्सवको समयावधि ४ दिन थप गरिएको छ ।   

महोत्सव लम्वाईएकाले विगत रोकिएका विभिन्न खेलकुदका कार्यक्रम यस वर्ष पुन समावेश गरिएको छ भने राष्ट्रियस्तरको महिला बीच भलिवल प्रतियोगिता थप गरिएको छ । महोत्सवमा हात्ती फास्ट वाक,हात्तीका छावाहरुबीच फुटवल,हात्ती पोलो,हात्ती सुन्दरी प्रतियोगिता,हात्तीको पिकनिक,गाढा,टाँगा र डुंगा दौड लगायत प्रत्येक दिन सास्कृतिक कार्यक्रम पनि हुनेछ ।   

अग्रेजी नयाँ वर्षको प्रदेश सरकारले ३ नम्वर प्रदेशको १३ वटा जिल्लाबाट विभिन्न संस्कृति प्रर्दशन गर्ने कार्यक्रम तय भएको महोत्सवका संयोजक एवंम् क्षेत्रीय होटल संघ सौराहाका वरिष्ठ उपाध्यक्ष राममणी खनालले जानकारी दिए । हात्ती महोत्सवका लागि सौराहा वजार र महोत्सवस्थल सिंगारिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *