रोदन र हासोसहित समापन भयो “छिडिभरीको आकाश”

पुस १५, विराटनगर । मैले सुनेकी थिए लेखकहरु भावमा डुबुल्की मार्छन । या भोगाईलाई या देखाइलाई शब्दमा कोर्ने गर्देछन् । त्यस्तै वरिष्ठ साहित्यकार परशु प्रधानले चार दशकअघि “छिडिभरीको आकाश” देखाईका घटनालाई कथामा उतारेका थिए ।  गाँउले परिवेश । गरिबि र अभाव । आम नेपाली जनाताको वास्तविक भागाई हो । 

त्यहि भोगाईलाई लेखकले कथामा उतारेको नाटक मार्फत छर्लङ देख्न सकिन्थ्यो । गत मसिंर १४  गतेदेखि विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा नाटकको मञ्चन सुरु भएको सोमबारबाट समापन भएको छ । परशु प्रधानको कथालाई युवा साहित्यकार कटुवाल दिपकले कथालाई नाटकमा रुपान्तरण गर्दै निर्देशन गरेका हुन् । नाटकमा जब दुव्र्यसनीमा एउटा मान्छे फस्दछ त्यसले भैरहेको परिवारलाई कसरी तहसनहस पार्दछ भन्ने देखाएको थियो । 

जति धेरै मार्मिक र पिडाले रोदन भरिएको थियो । त्यति नै दर्शकलाई हासोले भरिएको अर्को पाटो पनि थियो । एउटा सुखी र सानो परिवारमा घरको मुली मान्छे दुव्यसनीमा फस्दा सिंगो परिवार विस्थापित हुन्छ भन्ने शिक्षा  नाटक मार्फत देखाउन खोजेको थियो ।  

साँगुरो कोठा कुनामा कोक्रो  । कोक्रोमा भर्खरै जन्मेकी छोरी । अर्को भोक र प्यास बुझन सक्ने तर अभावको अनुभुती गर्न नसक्ने हुर्कदै गरेको छोरा । अनि सन्तानको माया र श्रीमानको दैनिकीले दिक्क भएकी श्रीमती । अभाव, भोक र छटपटीले वेचैन भएका परिवारलाई वेवास्ता गरी दिनभरी रक्सीको मातमा लठ्ठ परेको लोग्ने प्रति धिकार्नु बाहेक एउटी नारीले सन्तानको खुशीका लागि अनेकौँ चुनौतीको सामना गर्न पनि सक्छे भन्ने भाव नाटक मार्फत भेटिन्छ ।   

वास्तवमा नै आमा त्यागकी प्रतिमूर्ती हुन भन्दा दुईमत हुँदैन । जब सन्तान भोक र तिर्खाले छटपटाउदछ उनको भोक मेटाउन आमाले कतिसम्म त्याग गर्दछ भन्ने नाटकमा देख्न सकिन्छ । घरमा छोराछोरी भोकाए या मरे चिन्ता र चासो समेत नराखी रक्सीको नसामा लठ्ठ परेका  श्रीमतीलाई आभवको चरम यातना सँगै शारीरीक यातना दिन समेत पछि हटेनन् । 

कुलत र दुव्यसनीले परिवार विखण्डनसँगै घरमा भएका सम्पतिको नास, बेराजगारी, यौन हिंसा साथै घरको झगडामा बालबालिकामा पर्ने असरलाई सशक्त उठान गरेको छ । गाँउमा दुख र अभावले  दुइ छाक टार्नका लागि शहर पस्न बाध्य बनेका युवाहरु आफ्नो गाँउमा भन्दा पनि धेरै दुःख पाएर पुन गाँउ नै फर्किनु परेको समसामयिक कथाको उठान गरिएको छ । भने एक्ली विवाहिता नारीले श्रीमानसँगको विछोड पश्चात भोग्नु परेका बाध्यत्मक परिस्थिति साथै एक्ली छोरी मान्छेलाई परपुरुषले हेर्ने दृष्टिकोणलाई पनि थोरबहुत उठान गरिएको थियो । 

नाटकमा सन्देश बाराकोटी, अनुसा कटवाल, रमेश तिमल्सिना, अनिल खत्री, एन्जल बस्नेत, उमेश पौडेल, माजिद अन्सारी, विवेक आचार्य, पार्वती कटवाल, अनुसा भण्डारीले अभिनय गरका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =