महोत्तरीको मटिहानी-६ मा राजपाका उम्मेदवार नायक विजयी

मंसिर १५, महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय जनता पार्टी (राजपा)का  उम्मेदवार विजयी भएका छन् ।   

नेकपाका उम्मेदवारलाई २० मतले पराजित गर्दै राजपाका रामबाबु नायक विजयी भएका हुन् । उनले ३७५ मत प्राप्त गरेका थिए  भने नेकपाका उम्मेदवार जाकिर अंसारीले ३५५ मत ल्याएका थिए । 

त्यस्तै, नेपाली काँग्रेसले सोहि वडामा २४ मत ल्याएको निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख पुष्पा झाले बताइन् । महोत्तरीमा एक गाउँपालिका अध्यक्ष र तीन वडाअध्यक्षको लागि चुनाव भएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *