आजबाट चितवनमा अत्याधुनिक मल्टिप्लेक्स सिनेप्लेक्स सञ्चालन

पुस ४, चितवन । आजबाट चितवनको भरतपुर हाइटस्थित व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कको चौथोतल्लामा रहेको सिनेप्लेक्स नामबाट अत्याधुनिक सुविधा सम्पन्न मल्टिप्लेक्स (सिनेमा घर) सञ्चालनमा आएको छ ।  

सिनेप्लेक्स सञ्चालकमध्येका एक कमल चौधरीले उक्त हल अत्याधुनिक सुविधा र प्रविधिसम्पन्न तथा विश्वस्तरको रहेको बताए । उनल भने ‘यसले भरतपुरको सहरी मनोरञ्जनको परिभाषा पुनः गर्नेछ, यस क्षेत्रमा नयाँ आयाम थप्नेछ,’ उहाँले भन्नुभयो, ‘यसले उपभोक्तालाई उच्चस्तरीय सन्तुष्टि प्रदान गर्ने हाम्रो विश्वास छ । त्यसका लागि हामीतर्फबाट भरपूर प्रयास हुनेछ ।’   

सञ्चालक चौधरीका अनुसार अत्याधुनिक प्रविधिमा बनेको हलमा दुईवटा स्क्रिन छन् । स्क्रिन १ मा १४३ र २ मा २१९ सिट रहेको चौधरीले जानकारी दिए । चितवन र  आसपास क्षेत्रका सिनेप्रेमीलाई सिनेमा हेराइको उत्कृष्ट अनुभव दिलाउन उक्त हलमा सबभन्दा पछिल्लो बार्को प्रोजेक्सन र थ्रीडी कम्प्याटिबल स्क्रिन लगाएको उहाँले जानकारी दिए । 

यो हलमा जेबिएल साउन्ड सिस्टम जडान गरिएको छ । आरामदायी सिट लगायत हलमा उपलब्ध अन्य अत्याधुनिक सुविधाले सिनेप्रेमीलाई विशिष्ट अनुभव दिलाउने सञ्चालकहरुको दाबी छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *