नेकपा सचिवालय बैठक : अनिर्णित बन्दै सभामुख उम्मेदवार

पुष १३, काठमाडौँ । सक्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले विवादमा रहेको सभामुख पदका लागि उम्मेदवार चयन गर्न सकेन । आइतबार बिहान बसेको सचिवालय बैठकले सभामुख चयन गर्न नसकेको हो ।
समय अभावका कारण देखउँदै सभामुख चयन र राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल हुन नसकेको बैठकपछि महासचिव विष्णु पौडेलले सञ्चारकर्मीलाई जानकारी दिए । उनले छिटै बस्ने अर्को बैठकले यसबारे थप छलफल र आवश्यक निर्णय गर्ने जानकारी दिए ।
नेकपामा पछिल्लो समय सभामुख चयनबारे विवाद झनै बढेर गएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुख चयनका बारेमा सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष प्रचण्डसँग नेम्वाङका बारेमा सहमति जुटाउन छलफल गरेको भएपनि नेम्वाङको नामका लागि सहमति हुन सकेको छैन ।
सत्तारुढ दलले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा शुक्रबार प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । संसदको चालु अधिवेशनमा सभामुख चयन नै पहिलो प्राथमिकतामा परे पनि सत्ता पक्षले सभामुखको उम्मेदवार छान्न नसक्दा सभामुख निर्वाचन प्रक्रियामा ढिला हुँदै आएको छ ।
यसैबीच नेकपाले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।
यसैबीच नेकपाले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो ।








