भारतीय राजदूतको बिदाइमा देउवा निवासमा भोज

पुस ७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंहको बिदाईमा आफ्नो निवासमा भोज गरेका छन् ।   

सोमबार बुढानीलकण्ठस्थित निवासमै बोलाएर विशेष भोज गर्दै देउवाले राजदूत पुरीलाई बिदाई गरेका हुन् ।   

प्राप्त जानकारी अनुसार विशेष भोजमा कांग्रेसका शीर्ष नेताहरुको समेत उपस्थिति रहेको थियो । देउवासहित शीर्ष नेताहरु र पुरीबीच करीब १ घण्टा छलफल भएको थियो ।   

राजदूत पुरी आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी यही पुस १५ गते स्वदेश फर्किने तयारीमा छन् । आइतबार रष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीमा एक समारोहका बिच पुरीको बिदाईमा कार्यक्रमको आयोजना गरेको थियो ।   

यसअघि पुरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि बिदाइ भेट गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =