विवाहको वर्षगाँठमा अनुष्का विराटले लेखे यस्ताे भाबुक कुरा

मंसिर २५, भारत । भारतीय नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले आफ्नो बिवाहको दोस्रो वर्षगाँठमा एक अर्काको तस्बिर सेयर गर्दै एकदमै मन छुने कुरा लेखेका छन् ।
२०१७ डिसेम्बर ११ तारिकमा बैवाहिक जिवन सुरुवात गरेका यी दुई जोडीले साजिक संजालको आ–आफ्नो इन्स्टाग्रामबाट एक अर्काको फोटो सेयर गर्दै एकदमै मनछुने कुरा लेखका छन् ।
नायिका अनुष्काले बिराट र आफ्नो विवाहको तस्बिर पोष्ट गर्दै ‘कोही अन्य व्यक्तिसँग प्रेम गर्नु भनेको भगवानको अनुहार देख्नु सरह हो – विक्टर ह्यूगो । प्रेम भावना मात्रै होइन, यो त्योभन्दा पनि ठूलो हो । यो एक मार्गदर्शक, एक प्रेरक र पूर्ण सत्यको मार्ग हो । ’ लेखेकी छिन् ।

त्यसैगरी क्रिकेटर बिराटले पनि आफ्नो र अनुष्काको तस्बिर पोष्ट गर्दै ‘वास्तवमा यहाँ प्रेम मात्रै छ अरु केही छैन । र जब ईश्वरले तपाईंलाई ती व्यक्ति आशिर्वादको रुपमा दिन्छन् तब तपाईंसँग एउटै मात्र भावना हुन्छ, आभार ।’ लेखेका छन् ।








