थाउलोमा नेपाललाई दुई स्वर्ण

मंसिर १७, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले दुई स्वर्ण पदक जितेको छ । उसुको थाउलोमा पुरुष तर्फ विजय सिञ्जाली र महिला तर्फ सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन् । 

त्यस्तै पुरुष तर्फ बंगलादेशले रजत र श्रीलंकाले कास्य पदक जितेको छ भने महिला तर्फ श्रीलंकाले रजत र बंगलादेशले कास्य पदक जितेको छ ।   

लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा आजदेखि शुरु उसु खेल भइरहेको छ । थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ । आज नेपालले २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =