साग खेलकुद : साइक्लिङ मार्फत लक्ष्मीले दिलाईन् नेपाललाई स्वर्ण

१९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एशियाली (साग) अन्तरगत साइक्लिङमा नेपालले  स्वर्ण पदक जितेको छ । काठमाडौं, गोकर्णमा बिहीबार भएको प्रतिस्पर्धामा लक्ष्मी मगरले नेपाललाई स्वर्ण दिलाएकी हुन् ।   

जारी साग मा साइक्लिङ तर्फ नेपालको यो तेश्रो स्वर्ण हो । साइक्लिङमै  नेपालकी उषा खनालले रजत पदक जितेकी छिन् ।   

लक्ष्मीले निर्धारित दूरी १ मिनेट २०.२० सेकेण्डमा पूरा गरिन् भने उषाले १ मिनेट ३५.५२ सेकेण्डमा पूरा गरिन्। कास्य पदक भने भारतकी प्रनिता प्रफुल सोमनले जितेकी छिन् । उनले निर्धारित दूरी १ मिनेट ३६.२९ सेकेण्डमा पूरा गरेकि थिइन्। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =