हामी परिवार सँगै छौँ, डिभोर्स भएको छैनः रामकृष्ण ढकाल

पुस १०, काठमाडौं । बुधबार अप्रत्याशित रुपमा लोकप्रिय गायक रामकृष्ण ढकाल र श्रीमती निलमबीच सम्बन्ध विच्छेद भएको खबर बाहिरियो ।   

अधिकांश सञ्चार माध्यमहरुले काठमाडौं जिल्ला अदालतमा आएको पत्रसहित समाचार सम्प्रेषण गरे । यद्यपी रामकृष्ण ढकालले भने सम्बन्ध विच्छेद भएको स्वीकार गरेका छैनन् अझै पनि ।   

न उनले मिडियाहरुसँगको सम्पर्कमा सम्बन्ध विच्छेद स्वीकारे न त सामाजिक सञ्जालको स्टाटसमा । बुधबार साँझ डिभोर्सको खबर फैलिएपछि आफ्नो सम्बन्ध कहिल्यै नमर्ने स्टाटस लेखेका उनले आज (बिहीबार) पनि एक स्टाटस राख्दै आफूहरु साथमा नै रहेको र डिभोर्स नभएको दाबी गरेका छन् ।   

Image may contain: 2 people

उनले लेखेका छन्, ‘नेपाली गीत संगीत क्षेत्रमा मलाई अनवरत रुपमा हिँडिरहन प्रेरणा, हौसला र हिम्मत दिने मेरि श्रीमती निलम हुन् । हामी सँधै झैँ हाँसी खुशी परिवारमा सँगै छौँ । हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन ।’ 

बुधबार आएका समाचारप्रति पनि उनले खण्डन गरेका छन् । ‘जीवनको यो लामो अन्तरालमा मैँले कति दर्शक र श्रोता कमाएँ भन्ने कुराको कहिल्यै लेखाजोखा गरिनँ । तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजोदेखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाई मेरा आफ्ना आलोचक र प्रशंसक कति रहेछन् भन्ने कुराको आभाष भएको छ । सम्पूर्ण दर्शक श्रोता प्रति सधैँ कृतज्ञ छु र रहिरहनेछु’, गायक ढकालले लेखेका छन् । मिडियाहरुले अड्कलबाजीमा कपोलकल्पित तथ भ्रामक समाचार सम्प्रेषण गरी चरित्र हत्या गरेको उनको आरोप छ ।   

हेरौँ रामकृष्ण ढकालको स्टाटस जस्ताको तस्तैः 

मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन। जिवनको यो लामो अन्तरालमा मैले कति दर्शक/श्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसम्शक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु।पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु। विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु । 

सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ-आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन। व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो। यसर्थ म प्रती चासो देखाउनु हुने मेरा सम्पुर्ण दर्शक / श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शक/ श्रोताका कारण छु तर नेपाली गित संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन् । हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।आशा छ तपाईहरुको माया रहिरहने छ। 

सबैको दिन शुभ रहोस् ! 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =