इक्यान पूर्वाञ्चलमा पुनः रोशन निरौला

पुष ७, विर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान पुर्वाञ्चलको क्षेत्रिय साधारणसभाले पुनः रोशन निरौलाकै अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । शनिबार सम्पन्न साधारण सभाले पुनः निरौलाकै अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।   

इक्यान पूर्वाञ्चलको उपाध्यक्षमा धरानका प्रकाश लकान्द्री, सचिवमा विराटनगरका रवि कुमार गुप्ता, कोषाध्यक्षमा  विर्तामोडका दीपक गौतम चयन भएका छन् ।  पूर्वाञ्चल इक्यानको कार्य समिति सदस्यहरुमा दुर्लभ कार्की र हेम जिवन निरौला सर्वसम्मत भएका छन् ।   

उक्त साधारण सभामा इक्यानका केन्द्रिय अध्यक्ष बिष्णुहरि पाण्डे, निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, तृतिय उपाध्यक्ष देविदास भट्टराई, महासचिव शेषराज भट्टराई, सचिव दिपक भुषाल लगायतको उपस्थिति रहेको थियो ।   

कार्यक्रममा बोल्दै इक्यान केन्द्रिय अध्यक्ष विष्णुहरि पाण्डेले शैक्षिक परामर्श क्षेत्रमा देखिएका विक्रिति विसंगतिको अन्त्य गर्न र इक्यानमा आबद्ध शैक्षिक परामर्श ब्यवसायीको ब्यवसायीक हक अधिकार सुरक्षित गर्न इक्यान सदैव प्रतिबद्ध रहेको बताए ।   

उनले शैक्षिक परामर्श ब्यवसायलाई राज्यले हेर्ने दृष्टिकोण समेच बदल्नुपर्ने औल्याउँदै ब्यवसायीहरुले पनि कानुनको परिधीमा रहेर काम गर्नुपर्ने जिकिर गरे । ‘यो क्षेत्र डाइरेक्ट विद्यार्थी, अभिभावकको भाग्य र भविष्य सुनिश्चित गर्ने क्षेत्र भएकोले हामीले पनि आफ्नो मर्यादामा रहेर ब्यवसाय गर्न जरुरी छ र, राज्यले पनि हामीलाई सहज रुपमा ब्यवसाय गर्ने वातावरण सृजना गरिदिनुपर्छ ।’ पाण्डेले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *