बलिउड अभिनेत्री गीता सिद्धार्थको निधन
२०७६ मंसिर २९ गते

मंसिर २९, काठमाडौं । बलिउड अभिनेत्री गीता सिद्धार्थ काकको निधन भएको छ ।
शनिबार मुम्बईमा उनको निधन भएको हो । उनी १९७०–८० को दशकको चर्चित अभिनेत्री हुन् ।
गीता टेलिभिजन प्रस्तोता, निर्माता तथा फिल्म मेकर सिद्धार्थ काककी श्रीमती हुन् । उनले सन् १९७२ मा फिल्म करियर सुरु गरेकी थिइन् ।

गर्म हवा, परिचय, त्रिशुल, सोले जस्ता फिल्ममा उनी देख्न सकिन्छ । चार दशक लामो फिल्म करियरमा उनले बलराज सहानी, जितेन्द्र, जया भादुडी जस्ता चर्चित हस्तिसँग फिल्म खेलेकी छिन्।
२०७६ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित








