धरानका निरौला चेन्नईमा सम्मानित
२०७६ मंसिर २७ गते

मंसिर २७, धरान । धरानका युवा एवं सामाजिक अभियन्ता दिपेन्द्र निरौला चेन्नईमा सम्मानित भएका छन् ।
लायन्स क्लब इन्टरनेशनलले डिसेम्बर ९ देखि १२ सम्म चेन्नईमा आयोजना गरेको एडभान्स लिडरसिप तालिममा स्टार पर्फमरबाट सम्मानित भएका हुन् ।
दक्षिण एसियली क्षेत्रका सय जना सहभागी भएको यस तालिममा उनले सबैलाई पछी पार्दै स्टार पर्फमर भएका थिए । उनले यसअघि पनि नेपाल जेसिजको राष्ट्रिय एकेडेमीबाट ग्राजुएशन गरेका थिए । साथै सिंगापुरमा पनि र्अन्तर्राष्ट्रिय जेसिजको एसियन एकेडेमीबाट पनि ट्रेनरकोरुपमा ग्राजुएशन गरिसकेका छन् ।

सामाजिक क्षेत्रमा निकै सक्रिय निरौला उद्घोषक र तालिम प्रशिक्षक समेत हुन् ।
२०७६ मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित








