यौन सम्पर्कका लागि तालिका बनाउनु यस कारण लाभदायक

एजेन्सी ।  के तपाईले पर्याप्त यौन सम्पर्क गरिरहनु भएको छ ? यौन सम्पर्कबाट हुने स्वास्थ्य लाभको बारेमा पढेपछि सायद यौन सम्पर्कको दर बढाउने विषयमा सोच्नुभएको हुनसक्छ । 

हप्तामा धेरै पटक यौन सम्पर्क गरेका विवाहित ब्यक्तिहरू वा यौन सम्बन्धमा रहेकाहरु अधिक आनन्दित भएको एक अध्ययनले देखाएको छ । हप्तामा चार वा त्यो भन्दा बढी पटक यौन सम्पर्क गर्नेहरु भने खुशी भएको पाइएन । 

‘बारम्बार यौन सम्बन्ध राख्न प्रयास गर्ने जोडीहरुले धेरै दबाब महसुस गर्छन् भन्ने मलाई लाग्छ,’ क्यानाडाको डलहौजी युनिभर्सिटीमा यौन सम्बन्धबारे अध्ययन गरिरहेकी पोस्ट डक्टोरल अनुसन्धानकर्ता एमी म्युसले भनिन्, ‘हरेक दिन यौन सम्बन्ध राख्नुपर्दछ भन्ने सोच्नुभन्दा हप्तामा एक पटक यौन सम्बन्ध राख्नु बढी वास्तविक हुन्छ ।’   

Image result for sex saddule

अमेरिकी परिवारको राष्ट्रिय सर्वेक्षणमा २ हजार ४ सय जोडीमा गरिएको अध्ययनले यौन सम्पर्कले ब्यक्तिलाई खुशी बनाउने देखाएको छ । ‘रिलेसनसीपमा रहेका ब्यक्तिहरूको रोमान्टिक सम्बन्ध नै उनीहरूको समग्र आनन्दको पूर्वानुमानकर्ता हो,’ म्युसले भनिन्, ‘हप्तामा एक पटकभन्दा बढी यौन सम्पर्क गर्नुले सम्बन्धलाई राम्रो नबनाउन पनि सक्छ । यद्यपि, यो खराब भने छैन ।’ यौन सम्पर्क र खुशी कुन पहिले आउँछ भन्ने स्पष्ट छैन ।   

सायद यौन सम्पर्कले खुशी बनाउँछ र खुशी हुँदा यौन इच्छा जागृत हुन्छ । ‘पक्कै पनि यस्ता केही जोडी पनि छन्, जसलाई कमभन्दा कम यौन सम्पर्कमा पनि खुशी हुन्छन् र यस्ता जोडी पनि छन्, जसलाई हप्तामा एक पटकभन्दा बढी सेक्सले मात्र खुशी बनाउँछ,’ म्युसले भनिन् । कति याैन सम्पर्क सही ? अर्को एक अध्ययनमा अध्ययनकर्ताहरुले महिनामा ६ पटक यौन सम्पर्क गर्नेहरुलाई उक्त संख्या डबल गर्न भनेका थिए । अध्ययनको तेस्रो महिनापछि ती जोडीहरुले यौन सम्पर्कलाई कम मात्र इन्जोय गरेको पाइयो ।   

‘यद्यपि, दम्पत्तीले पर्याप्त यौन सम्पर्क नगरेको भन्दा पनि अर्को ठूलो समस्या छ– दम्पत्तीहरुले यौन सम्पर्क गर्न छाडिसके,’ कार्नेगी मेलो युनिभर्सिटीका अर्थशास्त्र तथा मनोविज्ञानका प्राध्यापक जर्ज लोवेन्स्टिनले भने, ‘यस्ता ब्यक्तिका लागि हप्ताको एक पटकको यौन सम्पर्क नै पर्याप्त हुन्छ ।’ के यौन सम्पर्कको तालिका बनाउनुपर्छ ?   

यौन सम्पर्कको तालिका बनाउनु केही मानिसहरुका लागि निकै लाभदायक हुने बर्लिनस्थित थेरापिस्ट भेनेसा मरिनले बताए । तर, अन्य केहि दम्पत्तीले यौन सम्पर्कको तालिका बनाउनु विकराल स्थिती भएको बताएका थिए । यौन सम्पर्कको तालिका बनाउने कुरामा सहमत हुने वा नहुने जो कोहीका लागि एउटा राम्रो आइडिया के हुनसक्छ भने उनीहरु दुईजनाले छुट्टै समय ब्यतीत गर्न सक्छन् । यौन सम्पर्कको लागि समय मिलाउन नसक्ने जोडीका लागि तालिका बनाएर यौन सम्पर्क गर्ने आईडिया निकै लाभदायी हुनसक्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =