पेस्तोल हराउने अंगरक्षकमाथी अनुसन्धान सुरु
२०७६ पुस १ गते

पुष १, जनकपुरधाम । उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेको सुरक्षा खटिएकी एक अंगरक्षकले पेस्तोल हराएपछी उनीमाथी अनुसन्धान सुरु गरिएको छ ।
न्यायाधीशको सुरक्षामा खटिएकी अंगरक्षकको रुपमा कार्यरत प्रहरी जवान रनिताकुमारी केवटले आफूले बोक्दै आएको पेस्तोल हराएपछी उनीमाथी जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सुरु गरिएको हो ।
अनुसन्धानको क्रममा उक्त हतियार केवटको प्रेमी शिवेन्द्र यादवले लिएकर फरार भएको खुल्न आएको छ ।

मंसिरको तेस्रो हप्ता नवलपरासीबाट आएका प्रेमी यादवलाई भेट्न जाँदा यी दुईबीचमा बिवाद भएको र बिवादपछी प्रेमी भनिने यादवले केवटको सात राउण्ड गोली लोड गरिएको उक्त पेस्तोल लिएर फरार रहेको प्रहरीले जनाएको छ ।
देश प्रहरी कार्यालयका प्रबक्ता डीएसपी ज्ञानकुमार महतोका अनुसार यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
२०७६ पुस १ गते
प्रतिक्रिया
सम्बन्धित








