फिरौती नदिँदा इँट्टाभट्टामा बम पड्काउने ४ जना पक्राउ
२०७६ मंसिर २६ गते

मंसिर २६, काठमाडौं । फिरौती माग गर्दै इँट्टाभट्टामा विस्फोट गराउने ४ जना पक्राउ परेका छन् ।
बारास्थित इलाका प्रहरी कार्यालय सिमराको टोलीले बारा परवानीपुरका ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देवशंकर राम, जितपुर सिमराका २० वर्षीय अच्छेलाल गोसाई र फेटा गाउँपालिका–३ का ३९ वर्षीय दिपेन्द्र कुमार धानुकलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुले बाराको परवानीपुस्थित एमएस इँट्टाभट्टाका सञ्चालक मनोज प्रसाद साह तेलीलाई फोन गरी फिरौती माग गरेको र नदिएपछि इँट्टाभट्टामा विस्फोट गराएको प्रहरीले जानकारी दिएको छ । उनीहरुले कार्तिक ४ गते उक्त घटना घटाएका हुन् ।

इँट्टाभट्टा विस्फोटपछि उक्त गिरोहले मनोजलाई घरपरिवारलाई समेत खतरा हुने भन्दै ३ लाख लिएर बाराको चैनपुरमा ल्याउन र सोही क्रममा मनोजले प्रहरीलाई खबर गरेपछि चार जनालाई नियन्त्रणमा लिइएको हो र
२०७६ मंसिर २६ गते
प्रतिक्रिया
सम्बन्धित








