सानिमा बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता

पुस ११, काठमाडाैँ ।  सानिमा बैंक लिमिटेड र ब्लु क्रस अस्पताल लिमिटेड बीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । 

यस सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ, विक्रम श्रेष्ठ र अस्पताल को तर्फबाट सदस्य सचिव कार्यकारी व्यवस्थापन समिति रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

यस सम्झौता अन्तर्गत यस बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ब्लु क्रस अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् ।  

साथै  प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी बिभिन्न उपचार खर्चहरुमा १० प्रतिशत सम्म छुट पाउँन सक्नेछन् । बिभिन्न स्वास्थ्य उपचार सेवा दिँदै आइरहेको ब्लु क्रस अस्पताल, काठमाडौँको त्रिपुरेश्वरमा अवस्थित छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *