आज यस्तो छ तपाईको भाग्य, हेर्नुस् राशिफल र पञ्चाङ्ग

मंसिर १९, काठमाडौँ । वि.सं. २०७६ मंसिर १९। बिहीबार। इ.स. २०१९ डिसेम्बर ५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। नवमी, २७:२९ उप्रान्त दशमी। 

 नक्षत्र– पूर्वभाद्रपदा, २०:२० बजेउप्रान्त उत्तरभाद्रपदा। योग– वज्र, १६:४५ बजेउप्रान्त सिद्धि। करण– वालव, १४:२३ बजेदेखि कौलव, २७:२९ बजेउप्रान्त तैतिल। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– कुम्भ, १३:४० बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ६:४१ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ४ पला। पञ्चक। पाँगास्थित वैष्णवी देवी यात्रा। धनगढीमा दुर्गा जाँत। डोटीमा पोखरी जाँत। 

तपाईँको आजको राशिफल 

null

मेषदिन भाग्यशाली भएर देखा पर्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । 

वृषरोकिएका काम पुनः सुरु हुन सक्छन् l सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन् । 

मिथुनधर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहान लाभ हुने समय छ । 

कर्कटसामान हराउने वा चोरी हुने सम्भावना छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । 

सिंहलामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । 

कन्याअज व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ । 

तुलारमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । मिहिनेत गर्दा अधिक प्रगति हुनेछ । तर अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । 

वृश्चिकभनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । ठूलाबडाको आशीर्वादले भने रोकिएको काम बन्नसक्छ । 

धनुसामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ । 

मकरछोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । 

कुम्भतर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । 

मीनआज बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन । सरकारी निकाएको भयपनि रहला । – ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *