दाङ प्रदेशसभामा नेकपाकी बिमलाकुमारी वली खत्री विजयी, कांग्रेसका केशव शर्मा ५ हजार बढी मतले पराजित

मंसिर १६,  दाङ । दाङ प्रदेशसभा क्षेत्र नम्बर ३(ख) मा नेकपाले विजय हासिल गरेको छ । आइतबार राति सम्पन्न मतगणनाअनुसार नेकपा उम्मेदवार बिमलाकुमारी  वली खत्रीले २४ हजार २८६ मतस ल्याउँदै विजयी भएकी हुन् ।   

उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज शर्माले १९ हजार १८२ मत प्राप्त गरे । खत्रीले शर्मालाई ५ हजार १०५ मतको अन्तरमा विजय हासिल गरेकी हुन् । यसैगरी साझा पार्टीका शिवकुमार चौधरीले २६६ मत ल्याए भने राप्रपाका भुपाल रावतले २२५ मत ल्याएका थिए । 

प्रदेशसभाका दिवंगत सांसद उत्तरकुमार खत्रीको सवारी दुर्घटनामा मृत्यु भएपछि नेकपाले उनकै श्रीमती बिमलालाई उपनिर्वाचनमा दाङ प्रदेशसभा क्षेत्र नम्बर ३(ख) मा उम्मेदवार बनाएको हो । उत्तरकुमार अघिल्लो निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *