अभिनेता मिश्रमाथि भएको दुःखद् घटनामा मेरो संलग्नता छैनः सांसद शाह

पुस ६, कृष्णनगर । कांग्रेसका सांसद अभिषेक प्रताप शाहले हिजो साझं भएको दुखद घटनामा आफ्नो संलग्नता नरहेको बताएका छन् ।   

सांसद शाहले प्रेस विज्ञप्ति जारी गर्दै हिजो साझं कृष्णनगर निवासी अभिनेता तथा भन्सार ऐजेन्ट श्याम कुमार मिश्रमाथि भएको दुखद घटनामा मेरो संलग्नता नरहेको स्पष्ट पारेका छन् । 

कपिलवस्तु क्षेत्र ३ का सांसद शाहले मिश्रमाथि हिजो घटेको दुखद घटनाप्रति आफु गम्भीर भई अनुसन्धान गर्न स्थानिय प्रशासनलाई आग्रह गर्दै यस घटनामा मेरो संलग्नता नरहेको प्रेस विज्ञप्तिमा जनाएका छन् ।  

सांझ ६ बजे घटे्को सो घटनामा मेरो ड्राइभर शशी कश्यप र श्याम मिश्र बीच गालीगलौज हुदां ड्राइभर र मिश्रबीच कुटाकुट भएको हो र मैले समझाउंदा मलाई पनि गाली गरेको सांसद शाहले विज्ञप्तिमा भनेका छन । 

उता अभिनेता श्याम कुमार मिश्रलाई टाउको र अनुहारमा चोट लागेका कारण शिवराज अस्पतालले सिटिस्क्यानका लागि बुटवल रिफर गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *