भोली सुजुकीको ‘सुपर स्याटरडे’ गाडी खरिद गर्नेलाई विशेष छुट

पुस ११, काठमाडौं । चारपाङ्ग्रे सवारीमा लोकप्रियता कमाएको सुजुकीले भोली शनिबार ‘सुपर स्याटरडे’ आयोजना गर्दैछ ।   

नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सिजी होल्डिंगको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएका हो ।   

‘सुपर स्याटरडे’मा सुजुकीका चारपांग्रे गाडी खरिद गर्ने ग्राहकले विशेष अफर पाउने छन् । कम्पनीले ‘सुपर स्याटरडे’मा ग्राहकले नियमित सोरुम छुटभन्दा बढी नगद छुट पाउने बताएको छ ।   

उक्त दिन अधिकतम एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस एक वर्षको निःशूल्क बीमा र स्वामित्व हस्तान्तरणको सुविधा दिइएको छ । 

‘सस्तो शनिबार आउँदैन बारबार’ भनेर आयोजित यो अफर एक दिनका लागि मात्र देशभरका सबै ३६ वटा डिलरसिपमा लागू हुने छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *