नेपाल र भारतबीचको सीमा समस्या वार्ताबाटै समाधान

मंसिर २४, काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल र भारतबीच देखिएको सीमा विवाद छलफलबाट समाधान निकाल्न सकिने बताएका छन् । राजदूतको जिम्मेवारीबाट अवकाश लिने क्रममा रहेका राजदूत पुरीले एक विशेष अन्र्तवार्तामा सो कुरा बताएका थिए ।   

नक्सा विवादका विषयमा उनले भने– त्यो नक्सा भारत भित्रका राज्यहरूको सीमामा भएका परिवर्तनसँग सम्बन्धित थियो । नेपाल लगायत अन्य कुनै देशको बाहिरी सिमानसँग सम्बन्धित थिएन । जुन सीमाना विगतका नक्साहरूमा थियो त्यही नै नयाँ नक्सामा पनि थियो ।   

समाधानका उपाय बारे उनको भनाइ थियो–हाम्रो युगौंदेखि रहँदै आएका १८ सय किलोमिटर लामो खुला सीमाना छ । त्यसैले त्यहाँ कुनै पनि मुद्दा हुन सक्छ यदि कुनै मुद्दाहरू छन् भने त्यसमा हामीले छलफल गर्नु पर्ने हुन्छ ।   

null

हामीहरू छलफल पनि गरिरहेका छौ । उनले सीमा जस्तो विषयमा निकै महत्वपूर्ण विषय भएको र यस्तो कुरामा थोरै सावधान हुनु पर्ने भन्दै यस्तो विषयमा कसैलाई पनि अबसर दिनु नहुने बताए। यो समाचार  गोरखापत्र दैनिकले छोपेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eighteen =