भूकम्प प्रभावित काठमाडौंका तीन विद्यालयलाई नयाँ भवन

पुस १२, काठमाडौं । भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । शुक्रवार एकै दिन भूकम्प प्रभावित धर्म विद्याश्रम आधारभूत विद्यालय तारकेश्वर, आत्म विकास आधारभूत विद्यालय बुढानिलकण्ठ र बुढानिलकण्ठ मावि बुढानिलकण्ठलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरिएको हो । 

विहिवार पनि तीन विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको थियो । बिहिवार पनि जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)ले दक्षिणकाली नगरपालिकाका तीन विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरेको थियो । 

धर्म विद्याश्रम आधारभूत विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहराले सामुदायिक विद्यालयमा विद्यार्थी बढाउनुको विकल्प नभएको बताए ।   

null

इकाईले नयाँ भवन बनाइदिएपछि त्यसमा विद्यार्थी भरेर गुणस्तरीय शिक्षा दिने काम विद्यालयको भएको नगरप्रमुख बोहराले बताए । पुराना शिक्षकबाट नयाँ शिक्षा सम्भव नभएको भन्दै पुराना शिक्षकहरुलाई प्रोत्साहन सहित बाजा बजाएर घरमै पुर्याएर छाड्ने उनले स्पष्ट पारेका छन् । 

शनिवार पनि कंकाली मावि चन्द्रागिरी, कुञ्चिप्वाकल मावि तारकेश्वर र सीतापाइला मावि नागार्जुनलाई नयाँ भवन हस्तान्तरण गरिने रायमाझीले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *