दुर्घटनामा परी दुईको मृत्यु, एक घाइते

पुस १४, काठमाडौँ । छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।   

आईतबार साँझ मोरङको  धनपालथान गाउँपालिका ४ कर्सियास्थित को १ त ७८४३ नम्बरको ट्याक्टरले को ३८ प १७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सुनसरी दुहवी नगरपालिका ११ पचिरा बस्ने १८ वर्षीय रुपेश चौधरीको मृत्यु भएको छ ।   

प्रहरीका अनुसार  ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएका रुपेशको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।   

Image result for दुर्घटना

उक्त स्कुटरमा सवार   दुहवी नगरपालिका ११ पचिरा बस्ने १७ वर्षीय चन्द्र प्रकाश चौधरी भने घाइते भएका थिए । घाइते  प्रकाशको को सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार आईतबार साँझ नै सप्तरी, बोदेबर्साईन नगरपालिका २ बैरीयास्थित  स १ त ६९९३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भर्इ  दुर्घटना हुँदा   खड्क नगरपालिका ११ बनौली बस्ने ३० वर्षीय चालक किसुन मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।   

दुबै दुर्घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *