आर्थिक प्रलोभन देखाई तीन बालिकालाई बलात्कार गर्ने अमेरिकी नागरिक पक्राउ

मंसिर २३, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एक गेस्ट हाउसमा तीन नेपाली बालिकालाई बालात्कार गरेको आरोपमा एक अमेरिकी नागरिक पक्राउलाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार आईतबार बलात्कारको आरोपमा उक्त विमानस्थल नजिकै रहेको गेस्ट हाउसको कोठा नं १०४ बाट ४० वर्षीय अमेरिकी नागरिक जेसन लोयड मुडीलाई पक्राउ गरिएको हो ।
राहदानी नं. ५६७४७२५३५ भएका जेसनले ती बालिकाहरुलाई आर्थिक प्रलोभन देखाइ बलात्कार गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ । ब्युरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डेका अनुसार मेमोरियल गेस्ट हाउसको उक्त कोठाबाट ती बालिकाको उद्दार गरिएको छ ।
हाल पक्राउ परेका जेसनमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराउनुको साथै आरोपी बालयौन दूराचारमा समेत संलग्न रहेकाले बताएका छन् । प्रहरीका अनुसार जेसनको साथबाट अमेरिकी राहदानी तीन वटासहित ल्यापटप, विभिन्न कम्पनीको मोबाइल, एटीएम कार्ड, विश्व भाषा क्याम्पसबाट जारी आईडी कार्ड लगायत फेला पारिएको छ ।








