ओखरजोन घोषणा भएपछि १४० प्रकारका माटोको नमूना परीक्षण

पुस ९, रुकुमपूर्व । रुकुमपूर्वमा निःशुल्क माटो परीक्षण शिविरमा १४० प्रकारका माटोको नमूना परीक्षण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, माटो तथा मल प्रयोगशाला खजुरा बाँकेको प्राविधिक सहयोगमा निःशुल्क माटो परीक्षण शिविर मंगलबारदेखि सञ्चालन भएको हो । 

शिविरमा ओखर जोन कार्यक्रम लागू गरिएका जिल्लाका किसानले ल्याएका माटो परीक्षण गरिएको थियो । शिविरमा माटोमा रहेको नाइट्रोजन, फस्फोरस, पोटास र पिएच परीक्षण गरिएको परियोजना कार्यान्वयन एकाइ ओखर जोन रुकुमपूर्वका वरिष्ठ कृषि अधिकृत कफिल अहमदले जानकारी दिए । 

परीक्षणका लागि किसानबाट आएका ३०० भन्दा बढी माटोको नमूना रहेको र पहिलो दिन १४० नमूना मात्र परीक्षण गरिएको उनले बताए । ओखर जोन कार्यक्रम लागू भएको क्षेत्रमा खेतीका लागि ‘माटो ठीक छ कि छैन’ भन्ने परीक्षण गरिएको थियो । अहिलेसम्म परीक्षण गरिएको माटोमा नाइट्रोजनको कमी रहेको पाइएको माटोविज्ञ पर्शुराम शर्माले जानकारी दिए । 

Image result for ओखर

उनका अनुसार परीक्षण गरिएको माटोमा फस्फोरको मात्रा कमदेखि मध्यमसम्म रहेको र पिएच भने तटस्थ रहेको पाइएको छ । शिविरमा माटो तथा मल प्रयोगशाला खजुरा बाँकेका माटोविज्ञ शर्मालगायत पाँच जनाको टोलीको सहभागीता रहेको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *