नबिल बैंकद्वारा ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ योजना आरम्भ

पुस ७, काठमाडौं । नबिल बैंकले साना तथा मझौला उद्यमलाई लक्षित गर्दै ‘नबिल सजिलो एक्सप्रेस कर्जा’ योजना जारी गरेको छ ।
बैंकले कर्जा सम्बन्धी निर्णय प्रकृयालाई गति दिदै जोखिममा आधारित मूल्यांकन सहित (credit scoring model) कर्जा अंकन ढाँचाका आधारमा यो योजना आरम्भ गरेको हो । सरल र शीघ्र प्रशोधन सहित अधिकतम १०.५ प्रतिशतको ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ ।
साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र यूके सक्षमले मिलेर सहकार्य गरिरहेका छन् । यसैको परिणामस्वरुप नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजना ल्याइएको हो । credit scoring model विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याज दर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको छ ।

यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाखसम्मको कर्जा प्रतिष्पर्धी ब्याजदरमा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिँदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको बैंकको कर्पोेरेट कम्युनिकेसन युनिटका समन लामा थि¨ले जानकारी दिए ।
‘यस क्षेत्रमा नबिल बैंक पहिलो स्थानको बैंकको रुपमा मान्यता प्राप्त छ र साना तथा मझौला उद्यम ग्राहक तथा व्यवसायका लागि पनि हामी शीर्ष स्थानमा नै रहन चाहन्छौं’, योजनाको शुभारम्भ गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘हामी कर्जा प्रशोधन प्रकृयालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जा जस्ता रचनात्मक योजनाहरु अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बन्नेछौँं ।’
नबिल बैंकले आफ्नो देशभर ९३ वटा शाखा कार्यालयहरु, १४२ एटिएम र १५ सय भन्दा धेरै नबिल रेमिट एजेन्टहरु मार्फत् आफ्ना ग्राहकहरुलाई सेवा प्रवाह गरिरहेको छ ।








