साग अपडेटः माल्दिभ्स बिरुद्ध नेपालकाे अग्रता

मंसिर २१, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपालले दाेस्राे गोल गरी अग्रता बनाएकाे छ ।   

शनिबार दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल र माल्दिभ्स बराबरी १-१ काे बराबरी खेलेका थिए । खेलकाे दाेस्राे हाफमा नेपालको तर्फबाट अनन्त तामाङले गोल गर्दै अग्रता हासिल गरेका छन् । 

तामाङले खेलको ५१ औँ मिनेटमा माल्दिभ्स बिरुद्ध गोल गरेका हुन् ।   

null

खेलकाे पहिलो हाफको १७ औँ मिनेटमा माल्दिभ्सले पहिलाे गोल गरेको  थियो भने, नेपालका लागि ४२ औँ मिनेटमा अभिषेक रिजालले बराबरी गाेल फर्काए । खेलमा नेपालले दाेस्राे गाेल ५१ औं मिनेटमा अनन्त तामाङले गाेल गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *