मिस पूर्वाञ्चलको ताज मोरङकी भट्टराईलाई

पुष ६, सुनसरी । धरानमा सम्पन्न मिस पूर्वाञ्चल २०२० को ताज रिजु भट्टराईले जितेकी छिन् । शनिवार राति अबेर सम्पन्न १० औं मिस पूर्वाञ्चनलमा मोरङको पथरी निवासी भट्टराई विजेता भएकी हुन् ।
उनी मिस पथरी शनिश्चरे २०१९ की पनि विजेता हुन् । मिस पूर्वाञ्चलमा सहभागी २० प्रतियोगीलाई पछि पार्दै उनले ताज पहिरिएकी हुन् । भट्टराईलाई यस अघिकी विजेता पूजा श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् ।
त्यस्तै, एन्जल राई फस्टरनर अप बनिन् भने सिमरन लिम्बू सेकेण्डरनर अप बनिन् ।

कार्यक्रमको फरम्याट अनुसार टप १२ बाट टप ५ हुँदै नतिजा घोषणा गरिएको थियो भने उपाधि बिजेता भट्टराईले मिस पूर्वाञ्चलको उपाधिसगै हङकङ घुम्ने अवसर प्राप्त गरेकी छिन् ।
प्रतियोगितामा मिस फोटोजेनिक रेश्मा राई, मिस वेष्ट वर्क सुस्मिता बराइली, मिस मल्टीमिडिया एञ्जल राई, मिस इन्टरएक्चुअल सिमरन लिम्बू, मिस पङ्गचुअल स्वेता पोख्रेल, मिस ट्यालेन्ट अनुपमा बस्नेत, मिस वेष्ट कम्प्लेक्सन विपना तामाङ, मिस फोटोजेनिक एन्जल राई घोषित भए भने, उनीहरूले जनही नगद १५ हजार रुपैंया पाएका छन् ।








