कामना सेवा विकास बैंक र एमए डब्ल्यू भ्रिद्धीबीच व्यापार सम्झौता

पुष १५, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा लिबीच व्यापार सम्झौता भएको छ ।   

सम्झौता पछि  एम. ए. डब्ल्यू भ्रिद्धीमार्फत सिफारिस भई अएका ग्राहकहरूले कामना विकास बैंकका शाखाहरुबाट  सबै FOTON ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुका लागि कर्जा लिन पाउने छन् ।   

सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेत र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल प्रालिका तर्फबाट प्रबन्धक निर्देशक विवेक सिकारियाले हस्ताक्षर गरेका थिए ।   

काठमाडौं ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBAABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *