भूमिगत समाधि लिने हुँदा ३० वर्षे युवककाे ज्यान गयाे

पुस ६, भारत । धर्म र आस्थाको भूत सवार हुँदा मानिसहरु आफ्नो ज्यानको पनि ख्याल गर्दैनन् । भारतको छत्तिसगढस्थित महासमुन्दमा समाधि–साधनाको लागि बसेको एक युवकको ज्यान गएको छ । 

मृतक ३० वर्षे युवक चमन दास जोशीले पाँच वर्षदेखि हरेक वर्ष यस्तै खालको खतरनाक समाधि लिइरहेका थिए । पहिलो वर्ष २४ घण्टा, दोस्रो वर्ष ४८ घण्टा, तेस्रो वर्ष ७२ घण्टा र चौथो वर्ष ९६ घण्टाको समाधि लिएका थिए । 

अघिल्ला चार पटक चमनले समाधि सक्दा उनी बेहोशीको अवस्थामा निकालिएका थिए । तर, पनि उनले आफ्नो समाधिलाई विराम लगाएनन् । पछिल्लो पटक, डिसेम्बर १६ विहान ८ बजे उनले पाँचौं पटक १०८ घण्टाको समाधि सुरु गरे । 

समाधिको लागि युवकका अनुयायीहरुले चार फिट गहिरो खाल्टो तयार पारेका थिए । सेता वस्त्र लगाएर युवकले पुजा–अर्चना गरेर खाल्टोमा समाधि सुरु गरेका थिए । उनी समाधिमा बसेपछि उनका अनुयायीले खाल्डोलाई पटरीले ढाकेर माथिबाट माटो हालेका थिए । 

पाँच दिनपछि निकाल्दा मृत फेला 

समाधि बसेकाे पाँच दिनपछि चमनलाई डिसेम्बर २० को खाल्टोबाट बाहिर निकालियो । खाल्टोबाट निकाल्दा उनी होसमा थिएनन् । त्यसैले उनलाई अस्पताललाई लगिएको थियो तर त्यहाँ चिकित्सकहरुले उनलाई मृत घोषित गरिदिए । 

यो घटना भएको महासमुन्द जिल्लामा जिल्ला प्रशासनले आत्महत्या रोक्नको लागि नवजीवन कार्यक्रम चलाइरहेका थिए । उता अन्धविश्वासका कारण एक युवकको आत्महत्याजस्तै गरी मृत्यु भएको छ । 

गाउँलेका अनुसार चमनले विवाह नगरी बसेका थिए । उनी एक्लै वस्थे र अघिल्लो वर्षदेखि सतनाम सन्देश नामक सम्प्रदायका प्रवर्तक भएर तप, साधना गर्थे । 

त्यस क्रममा उनका केही भक्त पनि बनेका थिए । उनी घर नजिक रहेको निजी खलिहानमा समाधिमा बस्थे । तपोबलबाट भूमिगत समाधिको उनमा चाहनाले प्राणघातक साबित भयो र उनी सधैंका लागि समाधिस्थ भए । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *