पिपिएल क्रिकेट : चितवन राइनोज विजयी

पुष ३, पोखरा ।  पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)मा चितवन राइनोज वियजी भएको छ  ।  पोखरा रंगशालामा आज भएको खेलमा चितवनले बुटवल ब्लास्टर्स लाई ११९ रनले पराजित गरेको हो। 

२०४ रनको विजय लक्ष्य पछ्याएको बुटवल १८ दशमलव ४ ओभरमा अल आउट हुँदा मात्र ८४ रनमा समेटियो ।   

बुटवलका लागि सिभम सिंहले सर्वाधिक ३३ रन बनाए। त्यस्तै भीम सार्कीले २१ र हरि चौहानले १२ रनको योगदान गरे।   

बुटवललाई सस्तैमा समेट्न करन केसीले ४ विकेट लिए। त्यस्तै रोहन मुस्ताफाले २ विकेट लिए। 

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०३ रन बनाएको थियो। चितवनका लागि रोहन मुस्ताफाले सर्वाधिक ७० रन बनाउँदा उनी अभिजित रहे। 

त्यस्तै कप्तान पारस खड्काले ४० बलमा ६ चौका र २ छक्काको सहायतामा ६३ रन बनाए। आरिफ शेखले १९ बलमा ४० रन बनाए। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =