छापाः इतिहास रच्दै सकियो साग, आयोजना अस्तव्यस्त, खेलाडीको प्रदर्शन उत्कृष्ट, बालुवाटारको जग्गा किन्नेविरुद्ध मुद्दा लाग्ने, अनुदान सवा करोड, उपलब्धि शून्य

मंसिर २५, काठमाडौं । राजधानी काठमाडौँबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएका छन् । तर अधिकांश पत्रपत्रिकाले १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितासँग सम्बन्धित समाचार भने सबैजसो पत्रिकाले महत्वका साथ प्रकाशन गरेका छन् ।  

गोरखा पत्रले ‘ऐतिहासिक बन्यो १३औँ साग’ भन्ने शीर्षकमा समाचार छापेको छ भने गोरखा पत्रले नै प्रधामन्त्रीद्धारा बधाई भन्ने शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचार छापेको छ । भने आजको राजधानी दैनिकले आफ्नो पहिलो पृष्ठमा ‘नेपालको ऐतिहासिक उपलब्धि’ भन्ने शीर्षकमा समाचार छापेको छ ।   

त्यस्तै, कर्णालीपत्रले आफ्नो पहिलो पृष्ठमा ‘अनुदान सवा करोड, उपलव्धि शून्य’ भन्ने शीर्षकमा समाचार छापेको छ । भने नयाँ पत्रिकाले आफ्नो पहिलो पृष्ठमा बालुवाटाको जग्गा किन्नेविरुद्ध पनि मुद्या चलाउने अख्तियारको तयारी भन्ने शीर्षकमा समाचार छापेको छ ।     

त्यस्तै, कान्तिपुर दैनिकले पनि ‘नेपाललाई ५१ स्वर्ण’ शीर्षकमा पहिलो पृष्ठमा समाचार छापेको छ भने नेपाल समाचारपत्रले ‘१३औँ साग भब्यताका साथ सम्पन्न’ भन्ने शीर्षकमा समाचार छापेको छ । त्यस्तै नागरिक दैनिकले आफ्नो पहिलो पृष्ठमा ‘नेपाललाई ऐतिहासिक सफलता’ भन्ने शीर्षकमा समाचार छापेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =